परिक्षार्थीहरुले परिक्षा प्रवेशपत्रकाे आधारमा खोप पाउने
SamacharDesk – बिराज | २०७८ श्रावण २७, बुधबार

अहिले विश्वविद्यालयस्तरीय विभिन्न तहका परिक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय र ७७ जिल्लाकै जिल्ला स्वास्थ्य कार्यालयलाई विद्यार्थीहरुलाई खोप दिन निर्देशन दिएको हो ।
मन्त्रालयको आज बसेको सचिव स्तरीय वैठकले विद्यार्थीहरुलाई एस्ट्राजेनेका र भेरोसेल खोप दिने निर्णय गरेको हो ।
परिक्षामा सामेल हुने विद्यार्थीहरुको परिक्षा प्रवेश पत्रको आधारमा खोप दिइने भएको छ ।
जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरी खोपको पहिलो मात्रा दिने व्यवस्था मिलाउन मन्त्रालयबाट जारी पत्रमा भनिएको छ ।
