arin enterprises

उपत्यकामा ७९५ संक्रमित थप, ९ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७८ श्रावण ३०, शनिबार

पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड १९ का ७९५ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित भेटिएका छन ।

योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९५ हजार ६९५ पुगेको छ ।

तीमध्ये ९४ दशमलव ९५ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख ८० हजार ७७८ जना कोरोना भाईरसलाई हराउँदै संक्रमण मुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ४९४ जना संक्रमित निको हुँदै घर फर्केका छन् ।

यसै अवधिमा उपत्यकामा थप ९ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७, ललितपुर र भक्तपुरमा एक÷एक जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै उपत्यकामा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार २९ पुगेको छ ।

हाल उपत्यकामा ११ हजार ८८८ जना सक्रिय संक्रमित रहेका छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ९४३ जना जनरल÷एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका २१५ जना मध्ये ७६ जना भेन्टिलेटरमा छन् । 

Categorized in समाज