arin enterprises

संक्रमण दरमा कमी, मृतक संख्या ह्वात्तै बढ्यो

SamacharDesk – बिकाश | २०७८ भाद्र २, बुधबार

नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको अवस्था हेर्ने हो भने नयाँ संक्रमण दरमा केही कमी आएको छ भने आज मृतक संख्या भने ह्वात्तै बढेको छ ।

गएको २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा २० दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

जम्मा १६ हजार ८३८ स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ४०३ जना संक्रमित भेटिएका हुन् । तीमध्ये ७२ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने २१८ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ । यो संख्या बाहेक एन्टिजेन परिक्षणबाट ७७ हजार ६२३ जना संक्रमित भेटिएका छन् ।

यसै अवधिभित्र थप ४२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार ३९६ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।

थप २ हजार १०४ जना संक्रमित संक्रमण मुक्त हुन सफल भएका छन् । हालसम्म ६ लाख ८९ हजार १७३ जना संक्रमित निको भइसकेका छन् ।

हाल ४० हजार ३३८ जना सक्रिय संक्रमित उपचाररत छन् । ३६ हजार ८०६ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ५३२ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा रहेका ७७० जनामध्ये १८६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

Categorized in राष्ट्रिय