उपत्यकामा कुल संक्रमित संख्या ३ लाख नाघ्यो
SamacharDesk – बिकाश | २०७८ भाद्र ३, बिहिबार

काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख नाघेको छ । पछिल्लो पटक थप हुने संक्रमित संख्यासँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख २८८ पुगेको छ ।
आज भने उपत्यकामा ८६७ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना संक्रमित भेटिएका हुन् ।
तीमध्ये २ लाख ८५ हजार ४७७ जना संक्रमित निको पनि भइसके । उपत्यकामा गएको २४ घण्टामा संक्रमण निको हुनेको संख्या पनि ८६७ नै रहेको छ ।
यसै अवधिमा उपत्यकामा थप ८ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७ र ललितपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ६१ पुगेको छ ।
हाल उपत्यकामा ११ हजार ७५० जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८२९ जना जनरल÷एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत २०५ जनामध्ये ६४ जना भेन्टिलेटरमा छन् ।
Categorized in समाज