विद्यार्थी र ४० वर्ष माथिकालाई खोप दिईँदै
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ भाद्र ४, शुक्रबार

काठमाडौं महानगरभित्र आज परिक्षा दिन लागेका विद्यार्थी र ४० वर्ष माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिईँदैछ ।
१८ वर्ष पुरा भएका +२ का विद्यार्थीको साथमा विश्वविद्यालय तहको परिक्षा दिन लागेका विद्यार्थीको र ४० वर्ष माथिकालाई चाइनिज खोप भेरोसेल दिइएको हो । आज ४ गते, भोलि ५ गते र आउँदो ८ गते मंगलबार खोप कार्यक्रम संचालन हुनेछ ।
खोप कार्यक्रममा भीडभाड हुन नदिइ व्यवस्थित बनाउन महानगरका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ । यसको साथै विभिन्न ८ स्थानमा पनि खोप केन्द्र तोकिएको छ ।
३२ वटै वडाका खोप केन्द्रको साथमा सामाखुसीस्थित राधास्वामी आइसोलेसन केन्द्र, सशस्त्र प्रहरी अस्पताल बलम्बु, बीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जमा पनि खोप दिईँदैछ ।
त्यस्तै निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र बीरेन्द्र सैनिक अस्पताल छाउनीमा पनि खोप केन्द्र तोकिएको छ ।
खोप लगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा जान काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । त्यस्तै भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरी खोप लगाउन पनि आग्रह गरिएको छ ।
Categorized in समाज