कोरोनाका कारण थप ४४ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७८ भाद्र ९, बुधबार

नेपालमा कोभिड १९ का थप २ हजार ४८२ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक जम्मा १५ हजार २९० वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो । ९ हजार ७११ आरटी पिसिआर परिक्षणमा एक हजार ८६२ र ५ हजार ५७९ एन्टिजेन परिक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको थियो ।
परिक्षण संख्याको आधारमा १६ दशमलव २३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
आज थप भएका नयाँ संक्रमितमध्ये १० वर्षसम्मका बालबालिका २० जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका १६० जना छन् ।
हालसम्म ७ लाख ५२ हजार ८६३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै एन्टिजेन परिक्षणमा भेटिएका कुल संक्रमितको संख्या ८१ हजार ५८७ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा एक हजार ७८१ जना संक्रमित निको भएका छन् । हालसम्म ७ लाख ३ हजार ९६४ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् ।
मृत्यु हुनेको संख्या भने ह्वात्तै बढेको छ । पछिल्लो समय ४४ जना संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार ६१२ पुगेको छ ।
हाल ३८ हजार २८७ जना सक्रिय संक्रमित उपचाररत छन् । ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३७ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा ६१० जना छन् भने तीमध्ये १६१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
Categorized in राष्ट्रिय