arin enterprises

अजा एकादशी पर्व मनाईँदै

SamacharDesk – बिराज | २०७८ भाद्र १८, शुक्रबार

आज चतुर्मास अन्तर्गतको तेश्रो एकादशीको दिन, नारायण भगवानको ऋषिकेशको स्वरुपको पूजा आराधना गर्दै अजा एकादशी पर्व मनाईँदैछ ।

आजको दिनमा ऋषिकेश स्वरुपको व्रत बस्ने पनि गरिन्छ । यो दिनमा विहानै उठेर नुहाई धुवाई गरी, हातगोडाको नङ काटेर शरीर शुद्ध बनाई, चित्त पनि शुद्ध बनाई ऋषिकेशको व्रत बस्दा सबै प्रकारको दुःखकष्टबाट मुक्ति पाइने जनविश्वास छ ।

यस एकादशीको कथा श्रवण मात्रले पनि अश्वमेघ यज्ञ गरे जतिको फल पाइने विश्वास गरिन्छ ।

नारायणले ऋषिहरुलाई दैत्य र राक्षसहरूबाट सुरक्षित रहन प्रदान गरेको भूमिलाई ऋषिकेशको रुपमा लिइन्छ । यसै भूमिमा विष्णुले आफ्नो दैवी शक्तिसहित उपस्थित भई यज्ञ–यज्ञादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेको धार्मिक विश्वास छ ।

परापूर्वकालमा सत्यवादी राजा हरिशचन्द्रले आजकै दिनमा ऋषिकेशको व्रत बसी पूजा आराधना गरेपछि छिन्नभिन्न भएको आफ्नो परिवार र राज्य फिर्ता पाएको धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

Categorized in संस्कृति