arin enterprises

कछुवाको खपेटा सहित पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ आश्विन १२, मंगलबार

कछुवाको खपेटासहित पोखराबाट ३ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट ३ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतका स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् ।

रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई खपेटासहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Categorized in अपराध