परिक्षण संख्याको ९ प्रतिशतमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ आश्विन १४, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का थप एक हजार ७८ जना नयाँ संक्रमित भेटिएका छन् ।
जम्मा ११ हजार ७६५ वटा स्वाब नमूनाको परिक्षणमा यो संख्यामा नयाँ संक्रमित भेटिएका हुन् । परिक्षण संख्याको आधारमा जम्मा ९ दशमलव १६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
हालसम्म गरिएको पिसिआर परिक्षणबाट जम्मा ७ लाख ९५ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परिक्षणमा ९१ हजार ५५३ जना संक्रमित भेटिएका छन् ।
यसै अवधिमा ९११ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७ लाख ६५ हजार ७५८ जनामा संक्रमणमुक्त हुन सफल भइसकेका छन् । संक्रमण निको हुनेको दर ९६ दशमलव ३ प्रतिशत रहेको छ ।
थप १२ जना कोभिड संक्रमितको मृत्यु भएसँगै कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १३५ पुगेको छ ।
हाल १८ हजार १६८ सक्रिय संक्रमित उपचाररत छन् । १६ हजार ८०२ जना संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६६ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
३५३ जना संक्रमितलाई आइसीयूमा राखेर उपचार गरिँदैछ भने तीमध्ये ११७ जना भेन्टिलेटरमा छन् ।
Categorized in राष्ट्रिय