arin enterprises

शिक्षक दिवस मनाईँदै, दिवसबारे शिक्षकहरु नै अनभिज्ञ

SamacharDesk – बिराज | २०७८ आश्विन १९, मंगलबार

आज औं विश्व शिक्षक दिवस विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।

हरेक वर्ष अक्टोवर ५ तारीखका दिन सबैलाई शिक्षा प्रदान गरी शिक्षित समाज निर्माणमा योगदान दिने शिक्षकहरुको सम्मानमा विश्व शिक्षक दिवस मनाइन्छ । यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

शिक्षा प्रदान गर्ने सम्मानित पेशामा आवद्ध शिक्षकहरुको सम्मानमा विश्वभरी विभिन्न कार्यक्रम गर्ने गरिए पनि नेपालमा भने यस अवसरमा खासै केही कार्यक्रम वा गतिविधि हुने गरेको देखिन्न ।

शिक्षकको सम्मानमा दिवस मनाउन सरकारी पक्षबाट पनि खासै कुनै पहल भएको देखिन्न । शिक्षकहरुसम्म पनि यस दिवसबारे अनभिज्ञ रहेको पाइएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन विश्व शिक्षक दिवस मनाइँदै आएको छ ।

शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनको सम्झनामा आजको दिनमा शिक्षक दिवस मनाउने गरिएको हो ।

Categorized in समाज