सक्रिय संक्रमितको संख्या १६ हजार भन्दा कम
SamacharDesk – बिकाश | २०७८ आश्विन २१, बिहिबार

नेपालमा हाल उपचाररत कोभिड १९ का सक्रिय संक्रमितको संख्या १६ हजार भन्दा तल झरेको छ । हिजोसम्म १६ हजारभन्दा माथि रहेको सक्रिय संक्रमितको संख्या आज १६ हजार भन्दा तल झरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल उपचाररत सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ ।
तीमध्ये १४ हजार ७२८ जना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् भने एक हजार २१४ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा भर्ना भई उपचाररत छन् । ३२९ जना आइसीयूमा छन् भने ११२ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
हाल जम्मा ८ वटा जिल्लामा मात्रै ५ सय बढि सक्रिय संक्रमित छन् ।
प्रदेश एकमा मोरङ, सुनसरी र झापा अनि बागमति प्रदेशमा काठमाडौं भक्तपुर र ललितपुरमा मात्रै ५ सय बढि सक्रिय संक्रमित छन् । त्यस्तै ५ सय बढि सक्रिय संक्रमित भएको अरु जिल्लामा गण्डकीमा कास्की र लुम्बिनीमा रुपन्देही रहेका छन् ।
Categorized in राष्ट्रिय