मुस्लिम समुदाय मोहम्मद जयन्ती मनाउँदै
SamacharDesk – बिराज | २०७८ कार्तिक २, मंगलबार

आज मुस्लिम धर्मावलम्बीहरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४ सय ९६ औँ जन्मोत्सव हर्षोल्लासका साथ मनाउँदैछन् ।
मुस्लिम समुदायका धर्मगुरु हजरत मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
मोहम्मद मुस्तफाको जन्मदिनको खुसीयालीलाई मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउल औवल) को रूपमा मनाउने गर्दछन् ।
मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनामा आजकै दिन साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । ६३ वर्षको उमेरमा साउदीकै मदिनामा उनको निधन भएको थियो ।
मोहम्मद जयन्तीको अवसरमा आज सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्तीको अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसैबीच मोहम्मद जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीलाई मोहम्मद जयन्तीको शुभकामना दिएका छन् ।
साथमा नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले पनि मुस्मिल समुदायलाई मोहम्मद जयन्तीको शुभकानमा दिएका छन् ।
Categorized in संस्कृति