arin enterprises

खेलबाट नेतृत्वले पाठ सिक्नुपर्ने महानगर प्रमुखको भनाई

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ मङ्सिर २७, सोमबार

खेल काठमाडौं महानगर प्रमुख शाक्यले खेलमा निश्चित ठाउँ, व्यक्ति र अवधिका लागि प्रतिस्पर्धा र त्यसपछिको हार्दिकताको पाठ राजनीतिज्ञ र प्रशासनिक नेतृत्वले सिक्नुपर्ने धारणा राख्नुभयो ।

आज दशरथ रंगशालामा सम्पन्न महानगर जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल खेलको समापनपछि बोल्दै महानगर प्रमुख शाक्यले महानगरको समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीविचको सम्बन्धलाई आत्मीय बनाउन यस प्रकारका कार्यक्रमले मद्दत गर्ने बताउनुभयो ।

आजको फुटबल खेलले महानगरमा जनप्रतिनिधि र कर्मचारीविच राम्रो समन्वय भएको देखाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

महानगरले २७ औँ वार्षिकोत्सवका अवसरमा सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप र वृहत स्वास्थ्य शिविर, कोभिडविरुद्धको खोप कार्यक्रम, विशेष सरसफाई, खेलकुद, ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ विषयमा विद्यालय स्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दैछ ।

मंसिर २९ गते मुल बसन्तपुरमा मूल समारोह हुनेछ ।

Categorized in स्थानीय