कामपाका प्रमुख प्रशासकिय अधिकृतमा पौड्यालबाट पदबहालि
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ पौष ११, आइतबार

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड्यालले बहाली गर्नुभएको छ ।
पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ जानुभएको छ ।
पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले, भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नुपर्ने बताउनुभयो ।
त्यस क्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले पौड्याललाई स्वागत गर्दै स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि बढाउनमा सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।
२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव हुनुभएको हो ।
उहाँले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गर्नुभएको छ ।
Categorized in स्थानीय