रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा मृत्यु
SamacharDesk – क्राइम ब्यूराे | २०७८ पौष २१, बुधबार

रुपन्देहीको सिद्धार्थनगरमा आज विहान भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु.३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो ।
अन्दाजी २५ वर्षीय बताइएको सो मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि भीम अस्तपाल पुर्याइएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–१२ बस्ने राहुल गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in समाज