आगलागीमा परी एकजनाको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २२, बिहिबार

झापामा बुधबार राति एउटा घरमा भएको आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकमा केशब पाठकको घरमा भएको आगलागीमा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । आगो निभाउने क्रममा जलेर राजवंशीको मृत्यु भएको बताइएको छ ।
आगो निभाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
आगो निभाउने क्रममा अन्य ११ जना घाइते भएको र तिनीहरुलाई उपचारका लागि बीएनसी अस्पताल बिर्तामोडमा पठाइएको प्रहरीले बताएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज