arin enterprises

ज्यापु महागुथि काठमाडौं महानगरमा पंचनारायणको नेतृत्व

SamacharDesk – बिराज | २०७८ पौष २६, सोमबार

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिको अध्यक्ष पदमा काठमाडौं गोफल टोलका पंचनारायण महर्जन निर्वाचित भएका छन् । आइतबाः बेलुकी सम्पन्न निर्वाचनमा महर्जन ३६० मतसहित अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नरदेवी टोलका न्हुछेँकाजी महर्जनले १७१ मत पाएका थिए भने अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र महर्जनलाई ८ मत मात्र प्राप्त भएको थियो ।

त्यस्तै खिचापोखरीका शेषनारायण महर्जन र नरदेवीका पुरुषोत्तम लाल सिंहले उम्मेदवारी फिर्ता लिएपछि ओमबहालका कृष्णनारायण महर्जन महानगर समितिको उपाध्यक्ष बनेको छन् । महिला उपाध्यक्षमा नानीहेरा महर्जन प्रजापति निर्वाचित भइन् ।

सचिवको लागि भएको मतदानमा ३२४ मतसहित किलागलका मचाराजा महर्जन निर्वाचित भए । सचिव पदका अर्का उम्मेदवार ह्यूमत टोलकी शर्मिला सुवाल डंगोलले २०६ मत प्राप्त गरेकी थिइन् । भलननि टोलकी रजिना डंगोल सह सचिव बन्न सफल भइन् ।

कोषाध्यक्ष पदको लागि भएको मतदानमा १२४ मत पाएका राजुरत्न महर्जनलाई पछि पार्दै ३६१ मतसहित जुजुकाजी महर्जन विजयी भए । न्हय्मून्हयत्वाः नित्यनाथ दरुगुथि मुसुंबहालकी नानीहेरा डंगोलले सह कोषाध्यक्षको जिम्मेवारी पाएकि छन् ।

खुला सदस्यतर्फ ९ जना सदस्य सर्वसम्मत चयन भएका छन् । ज्याथाका श्यामकृष्ण प्रजापति, नछेँगल्लीका राजन महर्जन, भिमसेनस्थानका श्रीकृष्ण महर्जन, गोफलका कृष्ण महर्जन, खिचापोखरीका दिपक डंगोल, ठमेलका श्याम महर्जन, हाडीगाउँ थतुटोलका कुलनारायण डंगोल, मरुका सूर्यमान महर्जन, मुसुंबहाल ज्यापुतुंका दिनेश महर्जन सदस्यमा चयन भए ।

कामपा २४ का मचाराजा महर्जन, स्वयम्भुका रमेशकृष्ण महर्जन, पशुपतिका श्रीकृष्ण डंगोल र पशुपतिकै सजिता भण्डारी डंगोलले उम्मेदवारी फिर्ता लिएपछि सदस्यहरु सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै महिला सदस्यतर्फ पनि ठँहिटिकी रत्ना डंगोल र ह्यूमतकी ज्ञानशोभा महर्जनले उम्मेदवारी फिर्ता लिएपछि महाबुद्धकी विद्यालक्ष्मी डंगोल, सामाखुसिकी बिमला महर्जन (डंगोल), वटुकी कमला महर्जन, ओमबहालकी सजनी महर्जन र चाबहिलकी सुनिता महर्जन डंगोल सर्वसम्मत चुनिए ।

महागुथि महानगर समितिको एकिकृत अधिवेशन अन्तर्गत आइतबार काठमाडौंमा बन्द सत्र सम्पन्न भएको थियो भने शनिबार विहान र्‍याली र वसन्तपुर डबलीमा भव्य समारोहसहित उद्घाटन सत्र सम्पन्न भएको थियो ।

Categorized in समाज