रियल म्याड्रिडलाई स्पेनिस सुपर कपको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ ३, सोमबार

रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनल खेलमा साविक विजेता एथ्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।
साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३८ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
५२ औँ मिनेटमा प्राप्त पेनाल्टिमा करिम बेन्जेमाले गोल गर्दै खेल आफ्नो पोल्टामा पारेको हो । बेन्जेमाले प्रहार गरेको बल डि एरिया भित्र बिल्बाओका यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायतामा रियललाई पेनाल्टी दिएको थियो ।
त्यस्तै खेलको ८७ औँ मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो । राहुल गार्सियाको प्रहार गरेको बल क्रसबारमा लाग्दै गोललाईन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्दा रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएको थियो ।
तर साविक विजेता बिल्बाओले त्यसको फाइदा उठाउन सकेन । ८९ औँ मिनेटमा प्राप्त पेनाल्टीमा राहुल गार्सियाले प्रहार गरेको बललाई रियलका गोलरक्षक थिबाउट कोर्टुवाले बचाएको थियो ।
यससँगै रियलले १२ औँ पटक सुपर कप उपाधि जित्न सफल भएको छ । यस्तै सुपर कपको सर्वाधिक च्याम्पियन बार्सिलोले भने १३ पटक सुपर कप जितेको छ ।
Categorized in स्पाेर्ट्स