arin enterprises

भक्तपुर नगरपालिकाको ११ औँ नगरसभा सुरु

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २६, बुधबार

भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको आजबाट सुरु भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले नगरसभाको उद्घाटन गर्दै जनप्रतिनिधिहरूले जनसहभागितासहित जनताको सेवा गर्नुपर्ने जनाएका छन् ।

उनले संघीयताको पूर्ण कार्यान्वयनका लागि स्थानीय तहहरूलार्य स्वायत्तता प्रदान गरी विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस नगरसभा आफ्नो कार्यकालको अन्तिम भएको जनाउँदै आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराए ।

कार्यक्रममा बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँ, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर–७ का वडाअध्यक्ष उकेश कवाँ, भक्तपुर–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरिलगायतले सम्बोधन गरेका थिए । 

Categorized in स्थानीय