arin enterprises

वैशाख ९ बाट एसईई परीक्षा हुने

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २६, बुधबार

यस वर्षको एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा बैशाख ९ गतेदेखि हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण पठनपाठनमा प्रभावित भएकोले बोर्डले नियमित समय भन्दा एक महिना ढिलो परीक्षा संचालन गर्न लागको हो । 

बोर्डले नजिकिंदो स्थानीय चुनावलाई मध्यनजर राखी वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय भएको जनाएको छ ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले बताएको छ ।

Categorized in राष्ट्रिय