arin enterprises

फिफा वरीयतामा नेपालको सुधार

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १६९ औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०४ औं स्थानमा रहेको छ । माल्दिभ्स १५७ औं स्थानमा छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । बंगलादेश १८६ औं, भुटान १८५ औं, पाकिस्तान १९७ औं र श्रीलंका २४ औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ ।

यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् । इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा छन् ।

Categorized in स्पाेर्ट्स