arin enterprises

नेपाल युएईसँग २४ रनले पराजित

SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन जोडे । डेब्यू गरेका लोकेश बमले ३३ रनको योगदान गर्दा, आसिफ शेखले ३४ रन बनाए ।
ज्ञानेन्द्र मल्लले २२ रन बनाउदा आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे । युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए ।
जुनैद सिद्धिकीले एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो ।युएईका लागि चिराग सुरीले अविजित ८४ रनको योगदान गरे ।
रोहन मुस्ताफाले ४९ रन बनाए । मोहमद वासिमले २२ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

Categorized in स्पाेर्ट्स