arin enterprises

८३६ जना कोरोना संक्रमित थपिए

SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार २ सय ६० जनामा गरिएको पीसीआर परीक्षणमा ४९१ र २ हजार ३ सय ९४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो समयावधिमा १८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ८८ हजार ८३७ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् । हाल देशभर २६१०२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १६६,  चितवनमा ३६, ललितपुरमा ३१, कास्कीमा २१, सुनसरीमा १८, काभ्रेपलाञ्चोकमा १६, मोरङमा १४, भक्तपुर, धादिङ, रुपन्देही र अछाममा १०÷१० जना संक्रमित भेटिएका छन् ।

Categorized in राष्ट्रिय