arin enterprises

फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीलाई

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १, आइतबार

यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीले जितेको छ । इंग्लीश फुटबल क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।
युएईमा गएराति भएको फाइनल खेलको ५५ औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले एक गोल गर्दै टोलीलाई अग्रता दिए । तर ६४ औं मिनेटमा पाल्मेरासका केभलकान्ते भिएगाले पेनाल्टीमार्फत बराबरी गोल गरे ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा काइ हाभर्ट्जले निर्णायक गोल गरे र ब्राजिलियन क्लब पाल्मेरासलाई २–१ ले हराउँदै चेल्सी विजयी भएको हो ।
जितसँगै चेल्सीले व्यवसायीक क्लब फुटबलका सबै औपचारिक प्रतियोगिता जितेको छ ।

Categorized in स्पाेर्ट्स