प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १, आइतबार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ ।
कोभिड महामारीको कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनले आजदेखि पुनः आन्दोलनलाई निरन्तरता दिन थालेको छ भने अर्काेतिर ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।
आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।
