आइसीसी वरियतामा नेपाल एक स्थान झर्यो
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ३, मंगलबार

आईसीसीले सार्वजनिक गरेको पछिल्लो नयाँ वरीयता नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी–२० वरीयतामा अनुसार नेपाल १ स्थान तल झरेर १३ औं स्थानमा पुगेको हो ।
यसअघि नेपाल १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी–२० सिरिजमा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो ।
नेपालले पहिलो खेलमा घरेलु टोलीलाई हराए पनि त्यसपछि लगातार दुई खेलमा हार व्यहोरेको थियो । सोमबारको अन्तिम खेलमा आयरल्याण्डसँग पराजित भएको नेपाल वरियतामा खस्किएको हो ।
यस्तै आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेको यूएईले आइसिसी वरियतामा नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ । एसोसिएटबाट सबैभन्दा अगाडि रहेको युएईले १८७ रेटिङ पाएको छ । यस्तै नेपालले १८६ पाउँदा नेपालपछि १४ औं स्थानमा रहेको स्कटल्याण्डले १८५, १५औं स्थानमा रहेको आयरल्याण्डले १८४ रेटिङ पाएको छ ।
ओमान भने १८औं स्थानमा यथावत छ । आगामी शुक्रबारदेखि ओमानमै नेपालले टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ खेल्दैछ ।
Categorized in स्पाेर्ट्स