स्पोर्टिङ लिसबन माथि म्यानसिटीको सानदार जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण ४, बुधबार

युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्गलिस क्लब म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
मंगलबार राति भएको लेगमा सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनमाथि ५–० गोलले जित निकालेको हो ।
लिसबनको मैदान एस्टैडियो जोस अलवालाडेमा भएको खेलमा पाहुना टोली सिटीले सुरूवातबाटै घरेलु टोलीलाई दबाबमा राखेको थियो ।
गोलको वर्षा भएको खेलमा सिटीले ७ औं मिनेटमा रियाद महारेजको गोलबाट खेलमा अग्रता लिएको थियो । बनार्डो सिल्भाले १७ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
फिल फोडेनले ३२ औं मिनेटमा गोल गर्दा बनार्डो सिल्भाले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीलाई पहिलो हाफमै ४–० को अग्रता दिलाएको थियो ।
त्यस्तै दोस्रो हाफमा रहिम ट्रलिङले ५८औं मिनेटमा गोल गर्दै खेल ५–० को अवस्थामा पुर्याए ।
यसअघि दोस्रो हाफमा सिल्भाले हेड मार्फत गोल गरे पनि भिएआरले उक्त गोललाई मान्यता नदिँदा सिल्भाले ह्याट्रिक गर्ने सकेन ।
अवे खेलमा सानदार जित हासिल गर्दै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब दोस्रो लेग ९ मार्चको रात सिटीको घरेलु मैदान सिटि अफ म्यानचेस्टर स्टेडियममा हुनेछ ।
Categorized in स्पाेर्ट्स