arin enterprises

पूर्वमन्त्री बानियाँविरुद्ध करणी गरेको आरोपमा पक्राउ पूर्जी जारी

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ४, बुधबार

नेकपा एमालेका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको हो ।

आफूले दिएको सापटी रकम फिर्ता गर्न होटलमा बोलाएर जबरजस्ति करणी गरेको पीडित शिक्षिकाको दावी छ । आफूले बानियालाई २५ लाख रुपैयाँ सापटी दिएको उनले बताएकी छन् ।

उनले लामो समय प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको आरोप लगाउँदै आएकी थिइन् । सामाजिक सञ्जालमै उनले यो विषय सार्वजनिक गरेपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएपछि जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।

यता ती शिक्षिकाले दिएको उजुरीपछि पूर्वमन्त्री समेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन छन्।

Categorized in समाज