arin enterprises

इन्टर मिलान माथि लिभरपुलको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण ५, बिहिबार

युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्गलिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलान माथि जित हासील गरेको छ ।

मिलानको घरेलु मैदान सान सिरो स्टेडियममा भएको खेलमा लिभरपुलले इन्टर माथि २–० गोलले जित हासील गरेको हो ।

बुधबार राति भएको खेलको पहिलो हाफ गोल रहित  बराबरीमा सकिए पनि दोस्रो हाफमा २ गोल गर्दै लिभरपुलले जित निकाल्न सफल भयो ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो ७५ औं मिनेटमा र मोहम्मद सलाहले ८३ औं मिनेटमा गरेका थिए ।

अब इन्टर र लिभरपुलबीचको दोस्रो लेग मार्च ८को रात लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

Categorized in स्पाेर्ट्स