arin enterprises

बार्सिलोना बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण ६, शुक्रबार

युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा स्पेनीस् क्लब बार्सिलोनाले बराबरीमा खेलेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले पाहुना टोली इटालियन क्लब नापोलीसँग १–१ गोलको बराबरीमा खेलेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलको २९ औं मिनेटमा पिओट्र जिलिन्सकीले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै ५९ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट फर्काए पछि नतिजा १–१ गोलको बराबरीमा आएको थियो ।

अब बार्सिलोना र नापोली बीचको दोस्रो लेग फेब्रुअरी २४को रात नापोलीको मैदान स्टेडियो सैन पाओलोमा हुनेछ ।

Categorized in स्पाेर्ट्स