arin enterprises

टी२० विश्वकप छनोटमा नेपालको शानदार जित

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ७, शनिबार

टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले २१८ रनको लक्ष्य फिलिपिन्सलाई दिएको थियो ।  फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बनेपछि नेपालको जित भएको हो ।  

फिलिपिन्सलाई ८२ रनमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। त्यस्तै, गुल्सन झा, जितेन्द्र मुखिया, अभिनाश बोहोरा,कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाउँदै शतकीय पारी खेले। उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे। यस्तै उनीसँग नेपालकै ठूलो टि–२० साझेदारी खेलेका दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए।

योसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब अर्को खेल सोमबार नेपालको खेल क्यानडासँग हुनेछ।

Categorized in स्पाेर्ट्स