जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ फाल्गुण ९, सोमबार

रुपन्देहीमा एक किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा ओमसतीया गाउँपालिका–६ बस्ने २० वर्षीय ईन्सास अलीलाई आज प्रहरीले पक्राउ गरेको हाे ।
अलीले सो किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले अलिलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध