भाउजुको हत्याको अभियोगमा देवर पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ फाल्गुण १०, मंगलबार

आफ्नै भाउजुको हत्या अभियोगमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाबाट एक पुरुष पक्राउ परेका छन् ।
वाणगंगा नगरपालिका वडा नं. १० सोनपुर वस्ने यशोधाको हत्यामा संलग्न रहेको अभियोगमा उनकै देवर पक्राउ परेका हुन् । प्रहरीले लोनियाका देवर शम्भु लोनियालाई भाउजु यशोधाको हत्याको अभियोगमा पक्राउ गरेको हो ।
अन्दाजी ६० वर्षीया एकल महिला यशोदा गत मंसीर ११ गते आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । महिला मृत अवस्था भेटिएपछि ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको अनुसन्धान टोली घटनास्थलमा गई मृतकका आफन्तलाई झिकाई मृतकको सनाखत गराएईएको थियो ।
अनुसन्धानको क्रममा मृतक महिलालाई कसैले शारिरीक सम्पर्क गरी हत्या गरेको देखिएपछि प्रहरीले तालिमप्राप्त कुकुर झिकाई सुँघ्न लगाइएको थियो ।
अनुसन्धानकै क्रममा शम्भुले आफ्नै भाउजुलाई जबरजस्ती गर्न खोज्दा विवाद भएको र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
घटना पछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुवाट ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडा कपिलवस्तुका प्रहरी निरिक्षक केशवराज ज्ञवालीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको थियो ।
अनुसन्धानको क्रममा मादक पदार्थ सेवन गर्ने विषयमा शम्भुको आफ्नी श्रीमतिसँग विवाद भएपछि श्रीमति माईती गएको समयमा शम्भु मंसीर १० गते राति ९ बजेतिर भाउजु नाता पर्ने यशोधाको घरमा आएको प्रहरीले जानकारी दिएको छ ।
त्यसपछि शम्भुले एकपटक सहमतिमै यशोधासँग शारिरिक सम्पर्क राखेको केहिवेर पछी फेरी शारिरिक सम्पर्क राख्न खोज्दा यशोधाले ईन्कार गरेपछि ती दुई बीच विवाद भएको थियो ।
विवादको क्रममा शम्भुले यशोधाको घाँटी थिची बेहोस बनाएको र होसमा आई चिच्याउन सक्ने डरले घाँटि र दुवै हात बाँधी शम्भु त्यहाँबाट भागी आफ्नो घरमा आएको खुल्न आएको हो ।
शम्भुलाई पक्राउ गरी हाल जिल्ला अदालत कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध