arin enterprises

माओवादी केन्द्रले एमसीसी पारित गर्नदिने

SamacharDesk | २०७८ फाल्गुण १५, आइतबार

माओवादी केन्द्रले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ । आज विहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको वैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको हो ।

एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक टिप्पणी पनि संगसंगै पारित गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ । विवादि भनिएका विषयमा ११ बूँदे ब्याख्यात्मक टिप्पणी तयार पारिएको बुझिएको छ । तर निर्णयप्रति चार जना नेताले भने असहमति जनाएका छन् । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ र गिरिराजमणि पोखरेलले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णयमा असहमति जनाएका हुन् । नेकपा एकीकृत समाजवादीले पनि एमसीसी पारित गर्ने निर्णय गर्न बैठक डाकेको छ ।

उता सत्ता गठबन्धन पनि एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने निर्णयमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान सम्पन्न सत्ता गठबन्धनको वैठकले आजै दिउँसो बस्ने प्रतिनिधिसभाको दोस्रो वैठकबाट सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज भन्दा पर पर्खन नसक्ने बताएपछि गठबन्धनमा रहेका दलहरु सम्झौता पारित गर्न तयार भएका हुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पनि संसद वैठक स्थगित गर्न माग गर्नुभएकोमा प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको थियो ।

नेपाल वैठक सकिनु अघि नै बालुवाटारबाट बाहिरिनुभएको थियो । उहाँ आफ्नो पार्टीको वैठकबाट औपचारिक निर्णयका लागि छिटो निस्किएको बताइएको छ ।

Categorized in राष्ट्रिय