पलले तनहुँ प्रहरी कार्यालयमा आत्मसर्पण गर्ने
SamacharDesk | २०७८ फाल्गुण १५, आइतबार

नेपाली चलचित्रका नायक पल शाह आजै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर ‘आत्मसमर्पण’ गर्ने तयारी गरेका छन् ।
जबरजस्ती करणीको आरोपित अभिनेता पल शाहले नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु आफैं उपस्थित हुने घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्।
आफू अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको उनले बताएका छन्। आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन्।
गएको बुधबार उनीविरुद्ध एक १७ वर्षीया गायिकाले जबरजस्ती करणी मुद्दामा उजुरी दिएकी छन् । त्यसपछि पलको खोजीमा प्रहरी टोली जुटेको थियो ।
Categorized in समाज