ढुंगा खानीमा पहिरो जाँदा २ को मृत्यु
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १५, आइतबार

काभ्रेको बनेपा नगरपालिका–१४ स्थित ढुंगा खानीमा आइतबार पहिरो गएको छ ।
पहिरो जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने कैयौँ पुरिएको आशंका गरिएको छ। घाइते अवस्थामा उद्धार गरिएका २ जनाको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी टोली उद्धारमा खटिए पनि सबै विवरण आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले उद्धारका लागि कार्यालयबाट प्रहरी खटिएको भएपनि मृत्यु हुनेहरुको यकिन विवरण भने आउने बाँकी रहेको जनाएको छ। प्रहरीले कैयौँ मानिस पुरिएको हुन सक्ने आशंका गरेको छ।
प्रहरी नायव उपरीक्षक हरि खतिवडाले ढुङ्गा खानीमा पहिरो जाँदा स्काभेटर, टिपर लगायतमा समेत क्षति पुगेको जानकारी दिए। स्थानीय लालमान श्रेष्ठले तलबाट एक्स्काभेटर तथा डोजरले ढुंगा निकाल्दै जाँदा ओडारजस्तो बनेर पहिरो गएको बताए।
Categorized in समाज