arin enterprises

विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो

SamacharDesk | २०७८ फाल्गुण १८, बुधबार

खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन  उद्देश्यले दुर्गम क्षेत्रबाट काठमाडौंमा भाडामा बसी पठनपाठन गरिरहेका विद्यार्थीहरुलाई सरकारले निःशुल्क विद्युतीय चुल्हो इन्डक्सन प्रदान गर्ने भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ । यसरी माग गरेको आवेदन मन्त्रालयको माग भन्दा बढी आएमा दुर्गम तथा अतिदुर्गम क्षेत्रबाट काठमाडौंमा आएका विद्यार्थीलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।

केन्द्रका जैविक ऊर्जा शााखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने छ । यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने उनले बताए ।

Categorized in समाज