arin enterprises

दमौलीमा भीषण आगालागी

SamacharDesk | २०७८ फाल्गुण २२, आइतबार

तनहुँको दमौली चोकमा भीषण आगलागी भएको छ ।

दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो लागेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले आगो नियन्त्रण गर्न कठिनाइ भएको छ ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

आगो निभाउन पोखराबाट एउटा दमकल पठाइएको छ भने अर्को पनि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।

Categorized in समाज