महिला दिवस - महिला र संचार क्षेत्र
SamacharDesk – राम डंगाेल | २०७८ फाल्गुण २४, मंगलबार

आज मार्च ८ तारीख, विश्वभरी ११२औं अन्तराष्ट्रिय महिला दिवस मनाईँदैछ । महिला दिवस मनाउन थालिएसँगै महिला अधिकारको क्षेत्रमा धेरै परिवर्तनहरु देखा परेको छ ।
नेपालमा पनि विगतको तुलनामा प्राय हरेक क्षेत्रमा महिला सहभागिता बढिरहेको जानकारहरु बताउँछन् । तर महिलाप्रति हुने घरेलु हिंसा, समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण, बलात्कार जस्ता घटनाहरुमा भने कमी आउन नसकेको देखिन्छ ।
शिक्षाको सवालमा भने छोरीलाई शिक्षाबाट बन्चित गर्ने कुरा धेरै हदसम्म कम हुँदै गएको देखिन्छ । छोरीहरुले पनि विद्यालय जाने र उच्चशिक्षा हासिल गर्ने अवसर पाउन थालेका छन् । उच्च शिक्षाको लागि विदेश पनि जान थालेका छन् ।
घरको काममा मात्र सीमित नरही बाहिर विभिन्न सेवामा कार्यालयको कामहरु पनि गर्न थालेका छन् । जसले गर्दा आजका नारीहरु सक्षम, सबल, स्वतन्त्र र आत्मनिर्भर भई अगाडि बढेका छन् ।
शिक्षामा विकाससँगै धेरै क्षेत्रहरुमा महिला सहभागीतामा वृद्धि भएको देखिन्छ । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा पनि महिलाहरुको सहभागिता उल्लेखनीय रुपमा वृद्धि भएको देखिन्छ ।
यस क्षेत्रमा महिलाहरुको अझै पनि त्यति सहज वातावरण बन्न सकेको छैन । महिलाहरुको लागि यस क्षेत्रमा थुप्रै चुनौतीहरु विद्यमान रहेका छन्
वर्तमान समयमा संचारमाध्यमकै वृद्धि हुनुको साथै पत्रकारिता विषयमा अध्ययन गर्ने सहज वातावरण बनेसँगै यस क्षेत्रमा आफ्नाे भविष्य निर्माण गर्न चाहने पुरुषको साथमा महिलाहरुको संख्यामा पनि उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ । अ
चेल धेरैले पत्रकारिता क्षेत्रमा आफ्नो भविष्य उज्ज्वल देखिरहेका छन् । रहरले मात्र संचार क्षेत्रमा आबद्ध हुने पहिलाको जस्तो लहड अहिले कमै छ । पत्रकारिता बुझेर, सिकेर र अध्ययन नै गरेर लागेका महिलाहरु यो क्षेत्रमा टिकेका मात्र छैनन्, धेरैका लागि प्रेरणाको पात्र समेत बनेका छन् ।
तर यसो भनिरहँदा यस क्षेत्रमा महिलाहरुको अझै पनि त्यति सहज वातावरण बन्न सकेको छैन । महिलाहरुको लागि यस क्षेत्रमा थुप्रै चुनौतीहरु विद्यमान रहेका छन् ।
विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय महिला संचारकर्मी रुपा खड्काका अनुसार नेपालमा पत्रकारिता क्षेत्रमा महिलाहरुको अवस्था सुधारोन्मुख रहेको छ । संख्यात्मक र गुणात्मक दुवै दृष्टिकोणले महिला पत्रकारको पछिल्लो अवस्था निकै सकारात्मक मान्न सकिने उनको भनाई छ ।
तर महिला भएकै कारण यस क्षेत्रमा विभिन्न चुनौतीको सामना पनि गर्नुपर्ने स्थिती छ ।
‘मैले आफैले विवाहपूर्व र विवाहपछि आप्mनो पेशामा धेरै भिन्न समस्याहरु भोगेकी छु । त्यही समस्या समाधान गर्दै आएकोले हुन सक्छ, म हाल अझ प्रखर, सक्षम र सशक्त अनुभूत गर्दछु’ रुपाको भनाई छ । विगतमा जस्तो जस्तो जुनसुकै सिफ्टमा काम गर्ने स्थिती अब विवाह पछि नरहेको उनले बताइन् ।
साथमा सन्तान जन्मिएपछि विदाकै लागि जागिर छोड्नु परेका तीतो अनुभव पनि उनले भोगेकी छन् ।
‘तर, परिवार, आफन्त र संचारगृहको साथ, सहयोग र केही सकारात्मक व्यवहारले भने साँच्चै परिवर्तन ल्याउने रहेछ” उनले भनिन् ।
हाल न्यूज २४ टेलिभिजनमा समाचार प्रस्तोता अर्थात न्यूज एंकरको रुपमा कार्यरत सुषमा केसी श्रेष्ठको विवाह पछि पत्रकारितामा निरन्तरताको अनुभव पनि रुपा जस्तै रहेको छ ।
‘हाम्रो समय भनेको अरु अफिसमा जस्तै १० देखि ५ भन्ने हुन्न, विहानैं पनि हुनसक्छ, राती वा जुनसुकै समयमा पनि हुनसक्छ’, सुषमा भन्छिन्, ‘विवाह पछि बालबच्चा, परिवारसँगै काममा निरन्तरता अलि गार्हो भने छ ।’
योसँगै महिला भएकै कारणले कतिपय अवसरमा चुक्नुपर्ने अवस्था पनि रहेको सुषमा सुनाउँछिन् । टिममा कतै जाने बेला महिलालाई छुट्टै व्यवस्था गर्नुपर्ला भनेर नपठाइने, आन्दोलन वा त्यस्तो खालको जोखिम क्षेत्रमा जानलाई पनि महिलालाई विश्वास नगरिने खालको परिस्थितीले पनि महिला पछि पर्ने गरेको अनुभव उनको छ ।
‘तर क्षमता विकास भनेको महिला आफैले गर्ने हो, अधिकार, अवसर वा आत्मनिर्भरता मैले कोसँग माग्ने अथवा दिने कसले ? अरुको भर पर्ने होइन, आफैं सक्षम बन्ने हो’ सुषमा आफ्नो आत्मविश्वास पोख्छिन् ।
Categorized in समाज