arin enterprises

ज्यापु युवाहरुबीच नेतृत्व विकास तालीम सम्पन्न

SamacharDesk – बिराज | २०७८ चैत्र २३, बुधबार

ज्यापु महागुथि नेपाः, काठमाडौं महानगर समितिका पदाधिकारी र सदस्यहरुबीच अभिप्रेरक र नेतृत्व विकास तालीम सम्पन्न भएको छ ।

तालीममा कार्य समितिका पदाधिकारी र सदस्य गरी १८ जनाको सहभागीता रहेको थियो । प्रशिक्षक सुदीप बस्नेतले प्रशिक्षार्थीहरुलाई तालीम दिएका थिए ।

सांस्कृतिक रुपमा सम्पन्न समाजलाई राजनैतीक, आर्थिक र सामाजिक रुपमा पनि सचेत बनाउन तालीमको आयोजना गरिएको तालीम संयोजक श्यामकृष्ण प्रजापतिले बताउनुभयो ।

अब यसै तालीमलाई युवा पुस्तालाई लक्षित गर्दै प्रत्येक टोलमा ५ जनाको दरले काठमाडौंको ज्यापु समुदायको ६३ टोलका युवाहरुबीच लिएर जाने योजना रहेको पनि प्रजापतिले जानकारी गराउनुभयो ।

‘समग्र समाजमा सचेतना जगाउन सबभन्दा पहिले कार्य समितिका पदाधिकारी, सदस्यहरु आफै सचेत हुनुपर्यो, त्यसैले शुरुमा कार्यसमितिलाई नै तालीम दिइएको हो । अबको क्रममा समुदायमै यो तालीम लिएर जाने हो’ प्रजापतिले भने ।

ज्यापु महागुथी, काठमाडौं महानगर समितिले आयोजना गरेको तालीमको युवा, स्वास्थ्य तथा अतिरिक्त विभागले संयोजन गरेको हो ।

अब निकट भविष्यमै आदिवासी अधिकार (आइएलओ १६९) सम्वन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको समितिले जनाएको छ । 

Categorized in समाज