क्लासिक बफे प्वाइन्टमा आगलागी
SamacharDesk | २०७८ चैत्र २८, सोमबार

काठमाडौं खुसिबुस्थित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसमा हिजो साँझ अचानक आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित बफे प्वाइन्टमा विवाहको भोज पकाउँदै गर्दा पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी भएको हो ।
नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीबाट ४५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
Categorized in समाज