सोवाले मुुटु सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर गर्ने
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७८ चैत्र ३०, बुधबार

ललितपुरमा मुटु स्वास्थ्य सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
ललितपुर एकान्तकुनास्थित सोवा हेल्थकेयर सेन्टरले आउँदो वैशाख ३ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो ।
बैसाख ३ गते शनिबार बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म सेन्टरमै निःशुक्ल शिविर हुन लागेको हो ।
शिविरमा वरिष्ठ मुटु विशेषज्ञहरुबाट स्वास्थ परिक्षण हुने सेन्टरका प्रमुख कार्यकारी अधिकृत विपिन प्रधानले बताउनुभयो । शिविरमा विशेष गरी स्थानीय वासिन्दा लक्षित गरिएको प्रधानले जानकारी गराउनुभयो ।
‘यहाँका स्थानीय वासिन्दाहरु दिनभर काममै व्यस्त रहने, समस्या नै नभएसम्म स्वास्थ्य परिक्षण गराउन नजाने परिपाटी देखिन्छ । त्यस किसिमको वर्ग समूहलाई शिविरमा लक्षित गरिएको छ’ प्रधानले बताए ।
शिविरमा मुटुको भल्भ, एन्जियोप्लाष्ट, बाईपास सर्जरी (सीएबीजी), मुटुको पेसमेकर सम्वन्धि समस्या, उच्च रक्तचाप, मुटुको चालमा गडबडीलगायतका समस्या भएका वा यस किसिमको समस्याको सम्भावना भएका व्यक्तिहरुले आफ्नो स्वास्थ्य परिक्षण गराउन सेन्टरले आग्रह गरेको छ ।
