arin enterprises

स्याङजाको वालिङमा जिप दुर्घटना, मृत्युको संख्या ५ पुग्यो

SamacharDesk | २०७९ बैशाख ४, आइतबार

स्याङ्जाको वालिङ डाँडाखर्क १२ नगरपालिकामा जीप दुर्घटना भएको छ। जिप दुर्घटनामा समाचार तयार पार्दासम्म ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा डाँडाखर्क गाउँबाट वालिङ तर्फ आउँदै गरेको ग.१ ज.७३९९ नम्बर को जिप दुर्घटना भएको थियो। जिप सडकबाट २०० मिटर तल खसेको थियो । जीपमा सवार ११ जनामध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । वालिङ १२ माथिल्लो डाडाखर्कका ४ जना छन् भने वालिङ १४ को १ जना छन् ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५ वर्षीय हिरा डाला, २७ वर्षीय शर्मिला सारु, उनका छोरा ७ महिनाको गौरब चारु रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनामा घाइते भएका ६ जनालाई पोखरा रिफर गरिएको छ । घाइते हुनेमा वालिङ नगरपालिका १२ बस्ने ५५ वर्षीय वीर बहादुर डाला, १८ वर्षीय नविना सारु, ३५ वर्षीय योगेन्द्र थापा, ५५ वर्षीय मया कुमारी सारु,  वर्षीय १९ की लक्ष्मी डाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेका छन् ।

३ जनाको अवस्था चिन्ताजनक रहेको बुझिएको छ । घाइते सबैको वालिङ हस्पिटलमा प्राथामिक उपचार पछि थप  उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिपर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जीप सडकदेखि अन्दाजी १०० मिटर तल खसेरको थियो र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जनाएको छ ।

Categorized in समाज