arin enterprises

मेलम्चीको पानी दैनिक २७ करोड लिटर वितरण गर्ने

SamacharDesk | २०७९ बैशाख १८, आइतबार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ ।

केयुकेएलका अनुसार मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज वितरण प्रणालीमा पठाइने र बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उहाँले बताउनुभयो । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुनेछ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा २७ करोड लिटर पानी वितरण हुनेछ ।

अहिले केयुकेएलले दस करोड लिटर पानी वितरण गर्दै आएको छ । दस करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरेर २७ करोड लिटर पानी काठमाडौँमा वितरण हुनेछ ।

Categorized in राष्ट्रिय