arin enterprises

भारतीय पर्यटक सवार गाडी र टाटासुमो ठोक्किंदा ५ जनाको मृत्यु

SamacharDesk | २०७९ बैशाख २१, बुधबार

काभ्रेको रोशी गाउँपालिका–११, बढुवेसीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोछ । भारतीय पर्यटक बोकेको फोर्स गाडी र टाटासुमो ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो ठोक्किँदा ६ वर्षीय बालक सहित पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिबहादुर बल रहेका छन् ।

त्यस्तै, दुर्घटनामा घाइते १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Categorized in समाज