भारतीय पर्वतारोहीको मृत्यु
SamacharDesk | २०७९ बैशाख २३, शुक्रबार

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ ।
५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकले जनाएको छ ।
बिहीबार राति चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही शारीरिक शक्ति कमजोर भएपछि साथमा रहेका गाइडले आधार शिविर फर्काउन खोज्दा नमानेपछि आरोहीको हाइ अल्टिच्युड ुलेकु लागेर मृत्यु भएको जानकारी दिएको छ ।
आरोहणदलका अन्य सदस्यहरु मध्ये १९ जनाले सफल आरोहण गरी शुक्रबार साँझसम्म आधारशिविर फर्कने कम्पनीले जनाएको छ ।
यस महिना कञ्चनजङ्घामा भने सात आरोहण दलबाट ६८ जना आरोहीले आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् ।
Categorized in समाज