अपरिचित व्यक्तिबाट सगुन वा प्रसाद नलिन प्रहरीको अनुरोध
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २६, सोमबार

नेपाल प्रहरीले निर्वाचन प्रचारको क्रममा अपरिचित व्यक्तिबाट सगुन वा प्रसाद ग्रहण नगर्न आग्रह गरेको छ ।
नेपाल प्रहरील प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालय नक्सालबाट सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरिएको हो । अपरिचित व्यक्तिबाट सगुन वा प्रसा ग्रहण गरेपश्चात बेहोस हुने र चक्कर लागेर लड्ने जस्ता घटेको पाइएको प्रहरीले जनाएको छ ।
‘निर्वाचन जस्तो सम्वेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउनु हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख गरिएको छ ।
