arin enterprises

डि ब्रुएनाको चार गोलमा सिटीको सान्दार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख २९, बिहिबार

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको सिटीले उल्भ्सलाई ५–१ को फराकिलो अन्तरले हराएको हो ।

सिटिको जितमा केभिन डि ब्रुएनाले चार गोल गरे भने एक गोल रहिम स्टर्लिङले गरे । वल्भ्सका लिन्डर डेन्डनकरले सान्तवना गोल फोर्काए ।

उल्भरह्याम्टनमा खेलको सातौं मिनेटमा डि ब्रुएनाको गोल गर्दै सिटीलाई अग्रता दिलाए । घरेलु टोलीका लिन्डर डेन्डनकरले ११औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

तर १६ औं मिनेटमा डि ब्रुएनाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । २४औं मिनेटमा गोल गर्दै डि ब्रुएनाले ह्याट्रिक पुरा गरेपछि सिटी पहिलो हाफमा ३–१ ले अघि रह्यो ।

डि ब्रुएनाले ६०औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गरे । यस्तै ८४औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ५–१ को फराकिलो जित दिलाए ।

यो जितसँगै सिटीको ३६ खेलबाट ८९ अंक जोड्डै लिभरपुललाई पुनः ३ अंकले पछि पारेको छ ।  उल्भ्स ५० अंक जोडेर आठौं स्थानमा झरेको छ ।

Categorized in स्पाेर्ट्स