arin enterprises

कामपा वडा ३१ मा एमाले जित्यो

SamacharDesk – बिराज | २०७९ जेठ ७, शनिबार

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा नेकपा (एमाले) को प्यानलै निर्वाचित भएको छ ।

वडाध्यक्ष पदमा नेपाली काँग्रेसका प्रतिद्वन्दीलाई ९४४ मतले पछि पार्दै एमालेका उम्मेदवार सरोज ढकाल निर्वाचित भएका छन् । ढकालले दुई हजार ३२७ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार एक हजार ३८३ मत प्राप्त गरेका थिए ।

हुमादेवी आचार्य र रमेश सत्याल खुल्ला वडा सदस्य चुनिएका छन् । आचार्यले एक हजार ९८४ र सत्यालले एक हजार ८२६ मत पाएका थिए ।

एक हजार ९६२ मतसहित अप्सरा संजेल महिला सदस्य चुनिँदा दलित महिला सदस्यमा एक हजार ९७२ मतसहित सान्नानी मिजार निर्वाचित भइन् ।

Categorized in स्थानीय