arin enterprises

कामपामा १३मा एमालेका ध्रुब नारायण विजय

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १२, बिहिबार

 काठमाडौ महानगरपालिका १३ मा नेकपा (एमाले)को पुरै प्यानलै विजय हासिल गरेको छ । वडाध्यक्ष पदमा एमालेका उम्मेदवार ध्रुब नारायण मानन्धर विजय भएका छन् । 

तीन हजार १२४ मत पाउँदै मानन्धर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र मानन्धरले दुई हजार ६५४ मत प्राप्त गरे ।

वडा सदस्यद्वयमा रुपेश महर्जन र रामबाबु कोइराला निर्वाचित भएका छन् । महर्जनले दुई हजार ४९९ मत प्राप्त गर्दा कोइरालाले  दुई हजार ४९५ मत पाउँदै निर्वाचित भएका हुन् ।

महिला सदस्यमा दुई हजार ८४१ मत प्राप्त गर्दै रजनी महर्जन (धौवन्जार) निर्वाचित भइन् ।

मैया देउला दुई हजार ८२८ मतसहित दलित महिला सदस्यमा निर्वाचित भइन् ।

Categorized in स्थानीय